वार्षिक २ प्रतिशत भन्दा बढी जनसंख्या घटेका गाउँपालिकाहरु

वार्षिक २ प्रतिशत भन्दा बढी जनसंख्या घटेका गाउँपालिकाहरु

नेपाल पपुलेसन

काठमाडौं- गाउँलाई रित्तो पारेर मानिसहरु कसरी हिडिरहेका छन् ? त्यसका धेरै वटा प्रमाणहरु होलान् । त्यस मध्ये एउटा प्रमाणको रुपमा ३६ वटा गाउँपालिकामा २०६८ सालको तुलनामा जनसंख्या ओरालोतर्फ लागिरहेको छ । पहाड तथा हिमालबाट घटेको जनसंख्या मधेसतर्फ थपिएको छ । जसले गर्दा पहाड र हिमाल रित्ता र तराईमा घना जनसंखयाको चाप पर्ने कुारमा दुविधा छैन । हेरौं राष्ट्रिय जनगणनाले देखाएको दुखान्त दृष्य जहाँबाट मानिसहरु हरेक समय पलायन भइरहेका छन् । वार्षिक २ प्रतिशत भन्दा बढी जनसंख्या घटेका ३६ वटा पालिका हुनु आफैंमा अचम्म लाग्दो अवस्था हो । यसले जनसंख्याको वितरणलाई पूर्ण रुपमा असन्तुलनतर्फ धेकेल्ने कुरामा दुईमत छैन ।