राष्ट्रिय जनगणना २०७८ का चारवटा विषयगत प्रतिवेदन सार्वजनिक

राष्ट्रिय जनगणना २०७८ का चारवटा विषयगत प्रतिवेदन सार्वजनिक

नेपाल पपुलेसन

काठमाडौं-राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय जनगणनासँग सम्बन्धित एकै पटक चारवटा विषयगत प्रतिवेदन सार्वजनिक गरेको छ।

थापाथली कार्यालयमा आज आयोजित कार्यक्रममा प्रमुख तथ्याङ्क अधिकारी तोयम रायाले ती प्रतिवेदनहरु सार्वजनिक गर्नुभएको हो। राष्ट्रिय जनगणना २०७८ का तथ्याङ्कहरुलाई विषयगत रुपमा एकिकृत गरी तयार गरिएको दुई थिमेटिक रिर्पोट, राष्ट्रिय जनगणना २०७८ मा अपांगता सम्बन्धी प्रतिवेदन र जनगणनाको समयमा सञ्चार माध्यमहरुमा प्रकाशन भएका समाचारीय विषयवस्तुहरुको संकलन राष्ट्रिय जनगणना २०७८ र सञ्चारमाध्यम सार्वजनिक गरिएको छ।

कार्यक्रममा सचिव रायाले जनगणनामा संकलन गरिएका तथ्याङ्कहरुलाई विज्ञहरुले विष्लेषण गरेर प्रतिवेदन तयार गरिएको बताउनुभयो। यी प्रतिवेदनले नेपालको जनसंखिक र सामाजिक क्षेत्रको चित्र प्रस्तुतगरेको बताउनुभयो। पपुलेसन कम्पोजिसन अफ नेपाल र हाउजिङ एण्ड हाउसहोल्ड डाइनामिक्स इन नेपाल प्रतिवेदन राष्ट्रिय तथ्याङ्क कार्यालय र त्रिभुवन विश्वविद्यालय जनसंख्या अध्ययन केन्द्रीय विभागका प्राध्यापकहरुले तयार गरेका हुन्।
पपुलेसन कम्पोजिसन अफ नेपालमा तथ्यांकको गुणस्तर,जनसङ्ख्याको आकार, वृद्धि र वितरण, लैङ्गिक तथा उमेर अनुसारको संरचना, सामाजिक तथा आर्थिक संरचना,उमेर संरचना संक्रमण र जनसांख्यिकीय लाभांश,निष्कर्ष र नीतिगत सुझाब खण्डहरु राखिएका छन्। यसैगरी हाउजिङ एण्ड हाउसहोल्ड डाइनामिक्स इन नेपाल प्रतिवेदनमा परिचय,आवास एकाइहरूको विशेषताहरू,घरायसी संरचना, वित्त र आय उत्पादनमा पहुँच,घरायसी सेवा सुविधाहरू,आवास पर्याप्तता र गुणस्तर,नीतिगत सुझावहरु समावेश गरिएको छ। राष्ट्रिय जनगणना २०७८ मा अपांगता सम्बन्धी प्रतिवेदनमा परिचय,आवास एकाइहरूको विशेषताहरू,घरायसी संरचना, वित्त र आय उत्पादनमा पहुँच,घरायसी सेवा सुविधाहरू, आवास पर्याप्तता र गुणस्तर,नीतिगत सुझाव खण्ड समावेश गरिएको छ।

कार्यक्रममा प्रतिवेदनहरुको सारांस जनसंख्या शाखाका प्रमुख ढुण्डिराज लामिछानेले प्रस्तुत गर्नुभएको थियो ।