नेपालमा २४० वर्षदेखि शासन गरिरहेको राजतन्त्रात्मक व्यवस्था विस्थापित गर्ने राजनीतिक परिवर्तनपछि मानिसलाई लागेको थियो– देशमै रोजगारी पाइन्छ, चाहना अनुसारको शिक्षा र स्वास्थ्य पाइन्छ । देशमै उद्योगधन्दा, कलकारखाना खुल्ने र देशको निर्यात व्यापार पनि बढ्नेछ । अनि देश चाँडै समृद्ध हुनेछ भन्ने उनीहरूको अपेक्षा थियो । यो विशाल राजनीतिक परिवर्तनको करिब ९ वर्षपछि २०७२ सालमा संविधानसभाले…