काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनसांख्यिक लाभ लिने नेपालले ढिलाइ गर्नुनहुने बताउनुभएको छ।
विश्व जनसंख्या दिवशको अवसरमा सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले देशमा अहिले पालिने भन्दा पाल्नेको जनसंख्याको आकार ठूलो भएकोले यसलाई सदुपयोग गर्न ढिलाइ गर्न नहुने उल्लेख गर्नुभएको छ।
अध्यक्ष ओलीले हाल नेपालमा १४ वर्ष भन्दा मुनीको जनसंख्या २७.८३ र ६० वर्ष भन्दा माथीको जनसंख्या १०.२१ प्रतिशत मात्र रहेको र १५ देखि ५९ वर्षको उत्पादनशिल जनसंख्या ६१.९ प्रतिशत रहेकोले नेपाल अहिले जनसंखिक लाभमा रहेको उल्लेख गर्नुभएको छ।
‘पालिनु पर्ने भन्दा कमाउने उमेरको जनसंख्या ठूलो हुनु हाम्रा लागि जनसांख्यिक लाभ हो’ अध्यक्ष ओलीले सामाजिक सञ्जालमा फेसबुमा लेख्नु भएको छ ‘तर तीन दशक देखि हाम्रो कमाउने उमेरको जनसंख्या वैदेशिक श्रम बजारमा पलायन भइरहेको तथ्याङ्क हामी देख्छौं।’ अध्यक्ष ओलीले जनसंख्याको यो वैदेशिक पलायन रोक्न नेकपा एमाले सरकारमा हुँदा उद्योगको स्थापना,उद्यमशीलता र रोजगारीमा ध्यान दिंदै कार्यक्रमहरु ल्याएको बताउनुभएको छ।
‘राजनीतिक अस्थिरताले त्यसलाई बीचैमा अलपत्र पार्ने अवस्था आयो’ अध्यक्ष ओलीले लेख्नु भएको छ ‘हाम्रा नवजवानहरुलाई परिवार र देश छोडेर पराइभूमिमा जानुपर्ने बाध्यता घटाउन सक्यौं भने मात्र हामीले जनसांख्यिक लाभ पाउने छौं ।’
प्रतिक्रिया