जनगणनाको तथ्यांक ९७.४ प्रतिशत सही: राष्ट्रिय तथ्यांक कार्यालय

जनगणनाको तथ्यांक ९७.४ प्रतिशत सही: राष्ट्रिय तथ्यांक कार्यालय

नेपाल पपुलेसन

काठमाडौं-राष्ट्रिय तथ्यांक कार्यालयले जनगणनामा हुने त्रुटी क्रमश घटिरहेको जनाएको छ। हप्तादिन अघि कार्यालयले सार्वजनिक गरेको जनगणना पश्चात गरिएको सत्यपानको सर्वेक्षणको नतिजा अनुसार जनगणनामा २.६ प्रतिशत मानिसहरू छुटेको देखाइएको छ। सो तथ्यांक अनुसार ७ लाख ७१ हजार ९ सय ९८ मानिसहरु छुटेको देखिएको छ।

त्रिभुवन विश्व विद्यालयले गरेको पिइएसमा नेपालको जनसंख्यामा २.६ प्रतिशत अण्डर काउण्ट भएको कार्यालयले जनाएको छ। कार्यालयको फेसबुक पेजमा उल्लेख गरे अनुसार विगतका जनगणनामा पिइएसको रिर्पोट सार्वजनिक गर्ने चलन नरहेको कार्यालयको सामाजिक सञ्जालमा उल्लेख छ। यसपटक तथ्यांकको पारदर्शिताका लागि पिइएस रिर्पोट सावर्जनिक गरिएको हो। २०४८ सालको जनगणनामा ११ प्रतिशत, २०५८मा ५.३ प्रतिशत,२०६८ मा ३.६ प्रतिशत जनसंख्या गणनामा छुटेको थिए।

कार्यालयले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार जनगणनाको सत्यता ९७.४ प्रतिशत रहेको छ।
सन् २०२० मा अमेरिकाको जनगणनामा करिब ८ लाख मानिसहरु छुटेका थिए । सन् २०१० मा भारतको जनगणनामा २ करोड ८० लाख मानिसहरु छुटेका थिए ।

थप जानकारीका निम्ति राष्ट्रिय तथ्यांक कार्यालयको वेबसाइट हेर्नुहोस्