काठमाडौं-विश्व जनसंख्या दिवशलाई सावर्जनिक रूपमा मनाउन छोडिएको प्रति सरोकारवालाहरूले असन्तुष्टी जनाएका छन्। त्रिभूवन विश्व विद्यालयका प्राध्यापक डाक्टर तथा नेपाल जनसंख्या संघका अध्यक्ष केशवप्रसाद अधिकारीले प्रजनन् दर घटेसँगै राष्ट्रसंघीय जनसंख्या कोषले यो दिवस मनाउन चासो नगरेकोमा अधिकारीले असन्तुष्टी व्यक्त गरेका छन् ।
अधिकारीले जन्मदर नियन्त्रणपछि छोरीको भ्रुण हत्याको समस्या नेपालमा विकराल भएको भन्दै त्यस विषयलाई मुल मुद्धा बनाएर जनसंख्या दिवश मनाउनु पर्नेमा जोड दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै अधिकारीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोठे कार्यक्रम गरेर जनसंख्या दिवश मनाउन लागेकोमा व्यंगात्मक तरिकाले शुभकामना दिएका छन् ।
अधिकारीले फेसबुकमा यस्तो लेखेका छन्:
आज विश्वले जनसङ्ख्या दिवस सन् २०२३ मनाउदै छ। सो दिवसको उपलक्षमा सवैमा हार्दिक शुभकामना। यो दिवस मनाउन सुरू गर्ने निकाय संयुक्त राष्ट्र संघिय जनसङ्ख्या कोशले देशमा अब यसको उपादेयता सकियो भने जस्तो गरेको देखिन्छ। दुई तीन दशक अगाडिका जस्ता कार्यक्रम अब हुन छाडे। सायद जन स्तरमा जनसङ्ख्याका हरेक गतिविधिले ल्याउने सकारात्मक र नकारात्मक पक्षको सूचना र चेतना सम्प्रेशण गर्न दिवसको महत्व उत्तिकै हुन्थ्यो होला त्यता पट्टि नत राज्य चनाखो देखियो न त विकासका साझेदार निकाय। प्रजनन् दर घटेर विस्थापन तहमा पुगेको छ तर हराउँदै गएको छोरीको सङ्ख्यालाई कसरी सम्बोधन गर्ने। उच्चतम श्रम सम्भाव्यताको उमेर संरचनाबाट कसरी आर्थिक बृद्धि हासिल गर्ने बृद्धिदर ऋणात्मक भएका क्षेत्रको समाधान के हुन सक्लान् उच्च दरमा बढ्दै गएको ज्येष्ठ नागरिकको बारेमा लगायत धेरै पक्षामा नयाँ जनगणनाका सूचकाङ्कका आधारमा विश्लेशण र विमर्श गर्नुपर्ने हुन्छ।
सुने अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नै कार्यालयको एउटा कोठमा यो कार्यक्रम गर्दै छ। सफलताको शुभकामना।
यस्तै पानका उपाध्यक्ष एवं ज्येष्ठ नागरिक विज्ञ डा. होमनाथ चालिसेले दुई दशक अघिसम्म धुमधामसँग मनाउने गरिएको जनसंख्या दिवशमा केही वर्ष यता किन सुनसान भनेर प्रश्न गर्नुभएको छ। चालिसेले विगतका कार्यक्रमको स्मरण गर्दै त्यसबेला भेष्ट बाड्ने, र्याली निकाल्ने, विचार गोष्ठी हुने आदि जस्ता कार्यक्रम आयोजना हुन्थे भनेका छन्। तर पछिल्ला दिनमा जनसंख्या प्रतिस्थापन तहमा पुगेसँगै यो दिवशप्रति दाताहरुले रुची घटाएको बताएका छन् । डा.चालिसेले नेपालको जनसंखिक समस्या समाधान नभएको नभइ समस्याहरु नयाँ पाटोबाट सुरु हुन थालेका उल्लेख गरेका छन्। उहाँले पाँचवटा बुँदामा नेपालको जनसंख्याका विविध पक्षहरु केलाएका छन्। जसलाई यसरी उल्लेख गरिएको छ।
जुलाई ११, विश्व जनसङ्ख्या दिवस
१. आज भन्दा दुई दशक अगाडीसम्म यो दिवसको ठूलो महत्व थियो। युएनएफपीएले कार्यक्रमको प्रायोजन गर्थ्यो, टिसर्ट बाड्थ्यो, र्याली हुन्थ्यो, विचार गोष्ठी हुन्थ्यो। हामी पनि रमाई रमाई कार्यक्रममा सहभागी हुन्थ्यौं। जनसंख्या पढ्ने केटीहरुलाई विशेष प्रोत्साहन पनि गरेको पाइन्थ्यो। त्यतिबेला नेपालको स्पष्ट निती जनसंख्या नियन्त्रण गर्नु पर्छ भन्ने थियो।
२. तर अहिले समय फेरिएको छ, जनसंख्या दिवस मनाउन छोडिएको छ। सन् २०२१ को जनगणना अनुसार नेपालको जनसंख्या वृद्धिदर धेरै घटेको छ। कुल प्रजननदर औशतमा दुई वटा बच्चा भन्दा तल आइसकेको छ।
३. युवाहरु विदेश पलायनदर धेरै बढी छ त र जनगणनामा त्यो सोचे जति स्पष्ट देखिंदैन। जनगणनाको पनि आफ्नै सिमा हुन्छ्नु होला। देशमा काम गर्ने उमेर समूहको जनशक्ति इतिहासकै सबैभन्दा धेरै छ, त र बिडम्बना राज्यले जनशक्ती निर्यात नीतिलाई प्रोत्साहन गरेको छ, देश अहिले रेमिट्यान्सबाट चलेको राष्ट्र बैंकको तथ्याङ्कले देखाउछ।
४. बुढ्यौली जनसंख्या क्रमिक रुपले बढ्दै छ। १५ बर्ष मुनिको जनसंख्या घट्दो छ। विवाह गर्ने उमेर बढ्दो छ। एउटा सन्तान भन्दा धेरै सन्तान जन्माउन न चाहनेहरु बढ्दैछन, युवाहरु स्वदेशमा बस्ने बातावरण छैन वा विदेशिन नै चाहन्छन्।
५. यस्तो परिस्थितीमा अर्को जनगणनामा नेपालको जनसंख्या घट्ने अर्को अर्थमा जनसङ्ख्या वृद्धिदर ऋणात्मक हुने सम्भावना अती बढी देख्दै छु। राज्य संचालकहरु र निती निर्माताहरु यो प्रति सजग हुनु आवश्यक छ्।
होमनाथ चालिसे, नेपाल जनसङ्ख्या संघ
प्रतिक्रिया